वर्तमान संरचना अनुसारका शाखा एवम् एकाइहरूको कार्य विवरण
मुद्रण विभागको स्वीकृत संरचनामा महानिर्देशकको निर्देशन तथा नियन्त्रणमा रहने गरी दुईवटा शाखाहरू क्रमश: प्रशासन शाखा र मुद्रण व्यवस्थापन शाखा रहेका छन्। प्रशासन शाखाको मातहत प्रशासन तथा योजना एकाइ, आर्थिक प्रशासन एकाइ र खरिद तथा भण्डार एकाइ गरी ३ वटा एकाइहरू एवम् मुद्रण व्यवस्थापन शाखाको मातहत राजपत्र प्रकाशन तथा अभिलेख एकाइ, मुद्रण प्रबन्ध एकाइ, राजपत्र वितरण एकाइ, डिजिटल तथा गुण नियन्त्रण एकाइ, सि.टि.पि. तथा प्रेस एकाइ, बाइन्डिङ एकाइ र मेसिन संरक्षण तथा मर्मत एकाइ गरी ७ वटा एकाइहरू रहेका छन्। स्वीकृत संरचना भित्र रहेका विभिन्न शाखा एवम् एकाइका कामहरू तल उल्लेख गरिएका छन्।
१) प्रशासन शाखा
१. विभागका अन्य शाखा/एकाइहरूलाई आवश्यक निर्देशन दिने,
२. कार्यालय व्यवस्थापन गर्न लगाउने,
३. प्रशासन तथा योजना एकाइबाट प्राप्त पत्रहरूको स्वीकृति एवं निर्णय गर्ने,
४. आन्तरिक प्रशासनलाई अद्यावधिक गर्न लगाउने।
५. विभागको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गर्न लगाउने र ती कार्यक्रमको लागि आवश्यक बजेट माग एवं स्वीकृतिको व्यवस्था मिलाउने।
६. विभागमा मर्मत एकाइबाट मर्मतका लागि पेश भएका सामग्रीहरूको अवस्था हेरी मर्मतका लागि सिफारिस गर्ने।
१.१ प्रशासन तथा योजना एकाइ
१. विभागीय पत्राचार तथा अभिलेखीकरण
२. वेबसाइट GIOMS र ICT व्यवस्थापन
३. गोष्ठी, अनुगमन तथा तालिम
४. हाजिरी, व्यक्तिगत विवरण अद्यावधिक
५. अनुशासन र आचरण पालना
६. नियुक्ति, राजिनामा, अवकाश
७. वार्षिक कार्ययोजना तयारी
८. आवधिक प्रतिवेदन तयारी
१.२ आर्थिक प्रशासन एकाइ
१. वार्षिक बजेट तयारी
२. आम्दानी खर्चको लेखाङ्कन तथा प्रतिवेदन
३. लेखापरीक्षण
४. बेरुजूको लगत तथा फछर्यौट
१.३ खरिद तथा भण्डार एकाइ
१. खरिद योजना निर्माण तथा कार्यान्वयन
२. सामान आपूर्ती व्यवस्थापन
३. सामानको भण्डारण तथा निकासा
४. मर्मत सम्भार तथा संरक्षण
५. जिन्सी निरीक्षण तथा लिलाम
६. जिन्सी अभिलेख तथा प्रतिवेदन
२) मुद्रण व्यवस्थापन शाखा
१. विभागका मेसिनहरूको अवस्थाको निरीक्षण गर्ने,
२. विभागमा नयाँ मेसिन तथा छपाइ सम्बन्धी उपकरण आवश्यक भएमा सो उपकरण खरिदको लागि आवश्यक प्राविधिक विशिष्टीकरण (Technical Specification) तयार गर्ने/गर्न लगाउने तथा उपकरण प्राप्ती पश्चात् तयार गरिएको प्राविधिक विशिष्टीकरण अनुसारको मेसिन/उपकरण भए/नभएको जाँच गर्ने एवं गर्न लगाउने।
३. छपाइ तथा प्रकाशनका लागि प्राप्त सामग्रीहरू आवश्यक आदेशसहित सम्बन्धित एकाइमा पठाउने र छपाइ/प्रकाशन सम्पन्न नहुँदासम्मको सम्बन्धी सम्पूर्ण प्रक्रियाको अनुगमन निरीक्षण गर्ने।
२.१ मुद्रण प्रबन्ध एकाइ
१. छपाइ समन्वय
२. छपाइको निर्णय
३. छपाइ सम्झौता
४. छपाइ सामग्री एकीन
५. मुद्रण शुल्क निर्धारण
६. लेआउट डिजाइन
७. एकाइगत कार्यादेश
८. मुद्रण शुल्क संकलन
२.२ राजपत्र प्रकाशन तथा अभिलेख एकाइ
१. संख्या र अतिरिक्ताङ्कको नम्बर निर्धारण
२. लेआउट सेटिङ्ग
३. प्रुफरिडिङ्ग
४. मूल्य निर्धारण
५. अनलाइन प्रकाशन
६. छपाइ आदेश
७. अभिलेखीकरण
८. पूरानो प्रति उपलब्ध गराउने
२.३ डिजिटल तथा गुण नियन्त्रण एकाइ
१. Variable Data भएको छपाइ
२. थोरै परिमाणको छपाइ
३. शीघ्र बहुरङ्गी छपाइ
४. थोरै पेज भएका सामग्री छपाइ
५. Spec अनुसारको Print Verification (Paper, Ink, Chemical, etc.)
२.४ सि. टि. पि. तथा प्रेस एकाइ
१. PDF Document को Re-formatting
२. Template तयारी
३. PDF Imposition तयारी
४. Dummy तयारी
५. Plate Making and Developing
६. Plate Punching and Fitting/Setting
७. काम अनुसारको Ink Loading
८. Paper Size Setting/Loading
९. Registration Mark मिलान तथा छपाइ
१०. Plate भण्डारण
२.५ बाइन्डिङ एकाइ
१. छपाइको साइज अनुसार कागज काट्ने
२. मुद्रित सामग्री संकलन
३. नम्बरिङ्ग (टिकट, ट्रान्सक्रिप्ट, ब्लुबुक, नोटरी, आदि)
४. फोल्डिङ
५. ग्यादरिङ
६. स्टिचिङ
७. पर्फोरेटिङ/डाइ कटिङ (पन्चिङ)
८. परफेक्ट बाइन्डिङ (बुक कभरिङ)
९. प्याकिङ्ग
१०. हार्ड कभर बाइन्डिङ (नीति तथा कार्यक्रम)
११. छपाइ सामग्री ट्रिमिङ (कटिङ्ग)
१२. भण्डारण तथा वितरण
१३. अभिलेख तथा सुपरीवेक्षण
२.६ राजपत्र वितरण एकाइ
१. ग्राहक बनाउने (डिजिटल ग्राहक समेत)
२. ग्राहक अभिलेख
३. छपाइ भएको राजपत्र संकलन
४. ग्राहकप्रति वितरण (Outsourcing वा हुलाकसँग MOU गरी)
२.७ मेसिन संरक्षण तथा मर्मत एकाइ
१. मेसिन उपकरणको लगत
२. मेसिन उपकरणको मर्मत तथा सम्भार
३. मेसिनको अवलोकन तथा निरीक्षण
४. मेसिनको अवस्था एकिन/समस्या पहिचान
५. आफै मर्मत गर्न नसकिने मेसिनको लागि मर्मतको लागत/आदेश
६. आन्तरिक Electric Circuit/Wiring व्यवस्थापन