NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

शाखागत एवं एकाइगत कार्य विवरण

शाखागत एवं एकाइगत कार्य विवरण

मुद्रण विभागमा महानिर्देशकको निर्देशन तथा नियन्त्रणमा रहने गरी दुईवटा प्रशासन तथा व्यवस्थापन शाखामर्मत तथा सम्भार शाखा रहेको र ती शाखाको मातहत १६ वटा एकाइहरू रहेका छन्। यस विभागमा रहेका दुईवटा शाखा र ती शाखा मातहत रहेका विभिन्न एकाइहरूको कार्यविवरण यसप्रकार रहेको छन्।

१. प्रशासन तथा व्यवस्थापन शाखा

यस शाखाको कार्यविवरण यसप्रकार रहेका छन्।

१. विभागका अन्य शाखाहरूलाई आवश्यक निर्देशन दिने,

२. कार्यालय व्यवस्थापन गर्न लगाउने,

३. प्रशासन तथा योजना एकाइबाट स्वीकृतिका लागि प्राप्त पत्रहरूको स्वीकृति, निर्णय गर्ने,

४. आन्तरिक प्रशासनलाई अद्यावधिक गर्न लगाउने।

.१ प्रशासन तथा योजना एकाइ

यस एकाइको कार्यविवरण देहायबमोजिम रहेको छन्।

१. विभागसंग सम्बन्धित विषयमा आवश्यक पत्राचार गर्ने,

२. पत्रहरूको दर्ता, चलानी गरी सम्बन्धित कार्यालय वा शाखामा पठाउने,

३. विभागलाई आवश्यक पर्ने पदहरू (दरबन्दी) सिर्जना गर्ने,

४. कर्मचारीहरूलाई गोष्ठी, सेमिनार, अध्ययन, भ्रमण, तालिमको व्यवस्था गर्ने,

५. कर्मचारीहरूको हाजिरी, व्यक्तिगत विवरण अद्यावधिक गर्ने,

६. विभागका कर्मचारीहरूको समय पालना, अनुशासन पालना गराउने सम्बन्धी कार्यहरू,

७. कर्मचारीको नियुक्ति, बढुवा, राजिनामा, अवकाश, निवृत्तिभरणसम्बन्धी कार्य गर्ने, वार्षिक कार्ययोजना बनाउने,

८. मासिक, त्रैमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित मन्त्रालयमा पेश गर्ने,

९. निर्धारित कार्यक्रमको कार्यान्वयन।

१.२ खरिद तथा भण्डार एकाइ

यस एकाइको कार्यविवरण देहायबमोजिम रहेको छन्।

१. विभागका लागि वर्षभरिमा आवश्यक पर्नसक्ने सामानहरुको अनुमान लागत बनाई खरिद प्रक्रिया बढाउने।

२. स्वीकृत निर्णयअनुसार सिधै बजारबाट सामान खरिद गर्ने वा खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र र सिलबन्दी दरभाउपत्र आह्वान गर्ने।

३. खरिद भई आएका सामानको भण्डारण व्यवस्था मिलाउने।

४. विभागका लागि आवश्यक निर्माण कार्य गर्न राय ठहरसाथ सुपरिवेक्षकमा पेश गर्ने।

५. विभागका भौतिक साधनको स्याहार सम्भार, मर्मत तथा संरक्षण गर्ने व्यवस्था मिलाउने।

६. विकासतर्फका योजनाको कार्यको वार्षिक कार्यक्रम तयार गर्ने।

७. चौमासिक प्रगति विवरण र अन्य विवरण तयार गर्ने।

१.३ आर्थिक प्रशासन एकाइ

यस एकाइको कार्यविवरण देहायबमोजिम रहेको छ :

१. साधारण र विकासतर्फको अनुमानित वार्षिक बजेट बनाई पेश गर्ने।

२. स्वीकृत वार्षिक बजेटको अधिनमा रही निकासा माग गर्ने निकासा लिने नियमानुसार शीर्षक बमोजिमको बजेट खर्च गर्ने।

३. लेखापरीक्षणको सिलसिलामा को.ले.नि.का. तथा म.ले.नि.का.बाट दर्साइएका बेरुजूको प्रमाण उपलब्ध गराई फछर्यौट गराउने।

४. बजेट खर्चको आन्तरिक र अन्तिम लेखा परीक्षण गराउने।

२. मर्मत तथा सम्भार शाखा

यस शाखाको कार्यविवरण यसप्रकार रहेका छन्।

१. विभागमा मर्मत शाखाबाट मर्मतका लागि पेश भएका सामग्रीहरूको अवस्था हेरी मर्मतका लागि सिफारिस गर्ने,

२. विभागका मेसिनहरूको अवस्थाको निरीक्षण गर्ने,

३. छपाइका लागि प्राप्त सामग्रीहरू आवश्यक आदेशसहित सम्बन्धित एकाइमा पठाउने।

२.१ मुद्रण प्रबन्ध एकाइ

यस एकाइको कार्यविवरण देहायबमोजिम रहेको छ :

१. अनुरोधकर्तासँग छपाइको अर्डर लिने।

२. छपाइ प्रकृती अनुसार डिजाईन गराउने।

३. सेवाग्राहीसँग समन्वय गर्ने।

४. अनुमानित लागत तयार गर्ने।

५. अनुमानित लागतको जानकारी सेवाग्राहीलाई दिने।

६. छपाइको लागि आवश्यकता अनुसार प्रोसेस तथा सि.टि.पि. एकाइ, गुण नियन्त्रण तथा डिजीटल एकाइ र अपसेट (क), (ख), (ग) एकाइमा पठाउने।

७. छपाइ कार्यको अनुगमन तथा निरीक्षण गर्ने।

८. विल तयार गरी आर्थिक प्रशासन एकाइमा पठाउने।

९. सेवाग्राहीलाई कार्य सम्पन्न भएको सूचना दिने।

२.२ राजपत्र सम्पादन एकाइ

यस एकाइको कार्यविवरण देहायबमोजिम रहेको छ :

१. नेपाल सरकारका विभिन्न मन्त्रालयले तयार पारी नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भनि पठाएका ऐन, नियम, सूचना र अन्य सामग्री आदिको सम्पादन गर्ने।

२. नेपाल राजपत्रमा प्रकाशन हुने सामग्रीहरूलाई संख्या वा अतिरिक्ताङ्क पहिचान गरी आवश्यक दर्ता तथा नम्बरिङ गर्ने।

३. अन्य एकाइबाट तयार भईरहेका मुद्रण सामग्रीहरूको सम्पादन गर्ने।

४. विभागमा प्रकाशनको लागि अनुरोध भई आउने पुस्तक पत्रपत्रिका तथा अन्य सामाग्रीको सम्पादन गरी छपाइको लागि सम्बन्धित एकाइमा पठाउने।

५. नेपाल राजपत्रको समयानुकूल मुल्य निर्धारण सम्बन्धमा आवश्यक प्रकृया अघि बढाउने।

६. राजपत्रका विभिन्न संख्या र अतिरिक्ताङ्कको अध्यावधिक अभिलेख राख्ने।

७. नेपाल राजपत्र विद्युतीय माध्यममार्फत विभागको वेभसाईटमा प्रकाशन गर्ने।

८. राजपत्र सम्पादन एकाइले सम्पादन गरेका कार्यहरूको मासिक, अर्धबार्षिक तथा बार्षिक विवरण तयार गरी सोको प्रतिवेदन महानिर्देशक समक्ष पेश गर्ने।

.३ प्रोसेस तथा सि.टि.पि. एकाइ

प्रोसेस तथा सि.टि.पि. एकाइको कार्यविवरण देहायबमोजिम रहेका छन्।

१. विभागको मुद्रण प्रबन्ध एकाइबाट छपाइका लागि प्राप्त PDF Document लाई Re-formatting गरी पुन: PDF तयार गर्ने।

२. छपाइ गर्नुपर्ने सामग्रीको आवश्यक मास्टर तयार गर्ने (प्लेट मेकिङ्ग)।

२.४ कला तथा डिजाइन एकाइ

यस एकाइका प्रमुख कार्यहरू यसप्रकार रहेका छन्।

१. विभागबाट प्रकाशन हुने पुस्तक, पुस्तिका, पोस्टरलगायतका सामग्रीको कला डिजाइन गर्ने।

२. कम्प्युटर स्क्यानिङ सम्बन्धी कार्य गर्ने।

.अफसेट प्रेस एकाइ

अफसेट प्रेस एकाइ (क), (ख), (ग) का प्रमुख कार्यहरू यस प्रकार छन्।

१. गुणस्तरीय छपाई कार्य सुरक्षित साथ गर्ने र गोपनियता कायम गर्ने।

२. आवश्यकतानुसार छपाईसम्बन्धी नयाँ प्रविधिको विकासका लागि सुझाव दिने।

३. प्राप्त प्लेट तथा कार्यानुरोधअनुसार विभिन्न कलरमा छपाई कार्य गर्ने।

४. छापिएका सामग्रीहरु बाईण्डिङ्ग एकाइमा बुझाई दिने।

.गुण नियन्त्रण तथा डिजिटल काइ

यस एकाइका प्रमुख कार्यहरू यस प्रकार छन्।

१. यस एकाइमा कपियर मेसिनबाट कम पेज भएका (३२ पेज) राजपत्र छपाइ गर्नुका साथै विभागका लागि आवश्यक रसिद फारमहरू छपाइ गर्दै आएको।

२. थोरै संख्यामा र छिटो गर्नुपर्ने छपाईको लागि प्राप्त हुने पुस्तक, पुस्तिका लगायतका छपाइ सामग्री छपाइ गर्ने।

३. डिजीटल मेसिनबाट उच्छ गणस्तरीय छपाइ हुने।

.बाइन्डिङ एकाइ

यस एकाइको कार्यविवरण यसप्रकार रहेका छन्।

१. अफसेट एकाइ र अन्य छपाइसँग सम्बन्धित एकाइबाट हुने छपाइका लागि आवश्यक पर्ने कागज काट्ने,

२. यस विभागको अफसेट एकाइ, गुण नियन्त्रण तथा डिजीटल एकाइ (कपियर/डिजीटल मेसिन) बाट छपाइ भई आएका विभिन्न निकायका प्रतिवेदन, ऐन, नियम तथा राजपत्रहरूलगायत सम्पूर्ण छपाइ भएका कामहरूको अन्तिम रूप दिने प्रयोजनको लागि आवश्यक पर्ने कार्यहरू जस्तै छपाइ भएका म्याटरलाई फोल्डिङ, ग्यादरिङ, स्टिचिङ वा परफेक्ट बाइन्डिङ इत्यादि गरी यसलाई डकुमेन्टको रूपमा तयार गर्ने।

३. विभिन्न नियकाका लेटरप्याड बनाउने, बिल बनाउने, नम्बरिङ्ग गर्ने, हार्ड बाइण्डिङ्ग गर्ने, किताब... सिलाइ तथा तिन टाँके सिलाई गर्ने, स्पाइरल बाइण्डिङ्ग गर्ने, आदि।

.विद्युतीय अभिलेख एकाइ

यस एकाइको कार्यविवरण यसप्रकार रहेका छन्।

१. राजपत्र सम्पादन एकाइबाट सम्पादित राजपत्रहरूको विद्युतीय अभिलेख राख्ने।

२. विभागको वेभसाईट अद्यावधिक गर्ने।

३. ग्राहकहरूले माग गरेको बखत अभिलेख भिडाई पुराना राजपत्रहरूको प्रतिलिपि प्रमाणित गरी ग्राहकलाई उपलब्ध गराउने।

.सुरक्षण मुद्रण एकाइ

यस एकाइको कार्यविवरण यसप्रकार रहेका छन्।

१. गोपनीयता कायम राख्नु पर्ने प्रकाशनहरु र हुलाक टिकट, हवाइपत्र, बैंकचेक, राहदानी, प्रवेशआज्ञा, हवाईटिकट तथा राजस्व रसिद जस्ता सामाग्रीहरुको छपाई कार्य अत्यन्त गोप्य एवं सुरक्षित ढंगले गर्ने वातावरण मिलाउने यस एकाइको कार्यविवरण रहेको छ।

२. आन्तरिक राजस्व विभागका अन्त:शुल्क स्टीकरहरू, अध्यागमन विभागका विभिन्न भिषा स्टीकरहरू, वैदेशिक रोजगार विभागका वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको लागि श्रम स्वीकृति स्टीकर माग भए अनुसार छपाइ गर्ने।

३. नोटरी पब्लिक परिषद्‌का विभिन्न प्रकारका लेटरप्याडको छपाइ, कटिङ तथा नम्बरिङ गरी सम्बन्धित कार्यालयलाई बुझाउने।

.१० राजपत्र वितरण एकाइ

यस एकाइको कार्यविवरण यसप्रकार रहेका छन्।

१. राजपत्रको समुचित वितरण व्यवस्था मिलाउने।

२. राजपत्रका ग्राहक बनाउने, नवीकरण गर्ने र सो को जानकारी सुपरिवेक्षक समक्ष गराउने।

३. राजपत्रको वार्षिक ग्राहक शुल्क र फुटकर बिक्रीको रकम राजश्व दाखिला गर्ने।

.१ मर्मत एकाइ

यस एकाइको कार्यविवरण यसप्रकार रहेका छन्।

१. विभागमा रहेका छपाइसम्बन्धी मेसिनहरूको मर्मत गर्ने।

२. विभागका स्वीच, मेसिन, टेलिफोन, Electrical Devices को मर्मत गर्ने।