national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

नागरिक बडापत्र

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

मुद्रण विभाग

नागरिक वडापत्र

क्र.सं.

सेवाको विवरण

सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेवार कर्मचारी/शाखा

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

१.

मुद्रण सेवा (साधारण मुद्रण र सुरक्षण मुद्रण)

छपाइ गर्नुपर्ने सामग्रीको लागि यस विभागबाट लागत अनुमान तयार गर्न लगाइ छपाइको लागि निवेदन वा पत्र पेश गर्नुपर्ने ।

छपाई गर्ने सामाग्री र निवेदन वा पत्र पेश गर्दा छापिने सामाग्रीको प्रति, पृष्ठ संख्या, छापिने कागजातको गुणस्तर, वाईण्डिङ्गको प्रकार छपाईको रङ्ग आदि उल्लेख गर्नुपर्ने।

मुद्रण विभागबाट प्रकाशित मुद्रण महशुल पूस्तिकामा उल्लेख भएको स्वीकृत दररेट बमोजिम।

कामको चाप र छापिने सामाग्री अनुसार अर्डर लिंदा निर्धारण हुने।

बरिष्ठ मुद्रण अधिकृत
मुद्रण तथा सम्भार शाखा

कार्यालय समय र अत्यावश्यक छपाइ सामग्रीको लागि अतिरिक्त समयमा समेत ।

महानिर्देशक

२.

राजपत्र प्रकाशन

नेपाल सरकारको विभिन्न मन्त्रालयहरू र नेपालका संवैधानिक निकायहरूबाट राजपत्रमा सूचना प्रकाशनको लागि आवश्यक पर्ने सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिनुपर्ने।

नेपाल सरकारको विभिन्न मन्त्रालयहरू र नेपालका संवैधानिक निकायहरूबाट प्रकाशनको लागि प्राप्त हुने ऐन नियमावली तथा सूचनाहरूको प्रमाणित प्रति, ती सूचनाहरूको Softcopy सहित राजपत्रमा सूचना प्रकाशनको लागि लेखिएको आधिकारिक पत्र।

नि:शुल्क

  • प्रकाशनको लागि कागजपत्र प्राप्त भएको दुई दिनभित्र
  • सामान्यत: हरेक सोमबार र बिहीबार राजपत्रको नियमित संख्या प्रकाशन हुने साथै आवश्यकता अनुसार अतिरिक्ताङ्क प्रकाशन हुने।

मुद्रण अधिकृत
राजपत्र सम्पादन इकाई

कार्यालय समय र अत्यावश्यक सूचनाको लागि अतिरिक्त समयमा समेत ।

महानिर्देशक

३.

राजपत्र वितरण तथा फुटकर बिक्री

नियमित रुपमा राजपत्र प्राप्त गर्नको लागि यस विभागबाट नेपाल राजपत्रको ग्राहक बन्नुपर्ने ।

राजपत्र वितरण एकाइबाट माग भए बमोजिमको कागजपत्रहरू।

क) वार्षिक सदस्यताका लागि

  • हुलाकबाट रजिष्ट्री गरी पठाउँदा लाग्ने वार्षिक शुल्क रु. ३०००/-
  • मुद्रण विभाग मार्फत सदस्यलाई वुझाउँदा लिइने वार्षिक शुल्क रु. ३०००/-
  • मुद्रण विभागमा स्वयं आफै आई वुझिलिदाँ लाग्ने वार्षिक शुल्क रु. १८००/-

ख) फुटकर विक्रीको लागि

  • १ देखि ८ पेज सम्म एक प्रतिको रु. ५/-
  • ९ देखि २४ पेज सम्म एक प्रतिको रु. १५/-
  • २५ देखि ४० पेज सम्म एक प्रतिको रु. २५/-
  • ४१ देखि ५६ पेज सम्म एक प्रतिको रु. ३५/-
  • ५७ देखि ७२ पेज सम्म एक प्रतिको रु. ४५/-
  • ७३ देखि ९६ पेज सम्म एक प्रतिको रु. ६०/-
  • ९७ देखि बढी जति पेज हुन्छ, त्यसमा थप प्रति पेज ४२ पैसाका दरले शुल्क लाग्नेछ।
पुनश्च :- माथि उल्लेखित अनुसारको मूल्य कायम गरी वार्षिक सदस्यता नविकरण बैशाख महिनामा गर्ने तथा त्यसभन्दा पछि भए कम्तिमा तीन महिना नघट्ने गरि वार्षिक सदस्यता शुल्कको औसत रकम लिइ बाँकि अवधिको लागि मात्र सदस्य बनाउने निणर्य भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ।
  • प्रकाशन भएको हप्ता दिन भित्र डेलिभरी हुने
  • एक हप्ता भित्र हुलाकमा पोष्ट गरि सकिने

मुद्रण अधिकृत
राजपत्र वितरण इकाई

कार्यालय समय भित्र (बिहान १०:३० देखि ४:३० सम्म)

महानिर्देशक

नोटः-

  • कार्यालय समय नेपाल सरकारले तोके बमोजिम हुनेछ।