नीतिगत व्यवस्था

नेपाल सरकारको राष्ट्रिय संचार नीति २०४९ का अनुसार मुद्रण विभागलाई सुरक्षण मुद्रणालयको रुपमा विकास गर्ने नीति अगींकार गरिएको छ । आठौं पन्चवर्षिय योजनाको शुरुवातसगैं यस विभागलाई सुरक्षण मुद्रणालयको रुपमा स्थापना गर्ने उद्देश्य लिई विभागको कार्य प्रक्रिया विकास, विस्तार र सुदृढ गर्दै अगाडि बढाइएको छ । नेपाल सरकारका महत्वपूर्ण र गोपनीय सुरक्षण मुद्रण सामाग्रीहरुलाई गुणस्तरीय छपाई गरी नेपाल सरकारको सुरक्षण मुद्रणालयको रुपमा स्थापित गराउने उद्देश्यले नवौं योजनामा उपयुक्त भवन निर्माणको कार्य थालनी गर्ने र दसौं योजनामा भवन सम्पन्न गरी सुरक्षण मुद्रणको लागि आवश्यक केही भौतिक र्पूवाधार तयार गर्ने तथा एघारौं त्रिवर्षिय योजनाले प्रविधि उपकरण र जनशक्ति विकासमा जोड दिने नीति लिइएको थियो भने बाहौं त्रीवर्षिय अन्तरिम योजनाले स्तरीय सुरक्षण मुद्रण सेवा देशभित्रै उपलब्ध गराउन यस विभागको सुदृढीकरण र संरचनात्मक परिर्वतन गरी आवश्यक ऐन, नियम, कानूनको तर्जुमा तथा जनशक्ति विकासमा जोड दिने नीति लिइएको छ । तेहौं त्रीवर्षिय योजनाको आधारपत्रमा पनि मुद्रण विभागलाई सुरक्षण मुद्रणालयको रुपमा विकास गर्ने नीति लिई सुरक्षण मुद्रण सेवाका सवै पूर्वाधार तयार गर्ने लक्ष्य निर्धारण गरिएको छ । यही लक्ष्य पूरा गर्ने सिलसिलामा आ.व. २०७०।७१ को बजेटमा विभागलाई आधुनिक सुरक्षण मुद्रण सम्बन्धी यन्त्र उपकरण जडान गरी सुरक्षण मुद्रणको कार्य प्रारम्भ गरिने कुरा उल्लेख गरिएको छ ।