NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

परिचय

नेपालमा छापाखानाको शुरुवात वि. सं. १९०८ मा तात्कालीन प्रधानमन्त्री श्री ३ जंगवहादुर राणाले वेलायतबाट ल्याएको हाते (गिद्धे ) प्रेशलाई थापाथलीमा टाईप छापाखानाको रुपमा संचालित भएबाट शुरु भएको पाईन्छ । त्यस छापाखानालाई मिति २०४५।४।५ को निर्णय अनुसार मुद्रण तथा प्रकाशन विभागको रुपमा स्थापित गरियो र मिति २०४९।५।२४ को निर्णय अनुसार मुद्रण विभागको नामबाट सरकारी नीति, नियम, ऐन, अध्यादेश, सन्धी सम्झौता, वजेट, गजेट जस्ता महत्वपूर्ण सरकारी निर्णयहरु, अन्य सरकारी दस्तावेजहरुका साथै नेपाल सरकारको सुरक्षण मुद्रणसम्बन्धी कार्यहरु र मुद्रणसम्बन्धी आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।