नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

मुद्रण विभाग

नागरिक बडापत्र

क्र.सं.

सेवाको विवरण

सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेवार कर्मचारी/ शाखा/ एकाइ

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

१.

मुद्रण सेवा (साधारण मुद्रण र सुरक्षण मुद्रण)

छपाइ गर्नुपर्ने सार्वजनिक निकायको आधिकारिक अनुरोध पत्र।

छपाइ गरिने सामग्री (Content) को विवरण, कागजको गुणस्तर, मुद्रणको साइज, रङ, सुरक्षण चिन्ह लगायतको आवश्यक Specification विवरण।

मुद्रणको Specification, छपाइ परिमाण र मुद्रण महशुल पुस्तिकाको आधारमा निर्धारण हुने

कामको चाप र छापिने सामाग्री अनुसार निर्धारण हुने।

मुद्रण अधिकृत, मुद्रण प्रबन्ध एकाइ

कार्यालय समय र अत्यावश्यक छपाइ सामग्रीको लागि अतिरिक्त समयमा समेत।

वरिष्ठ मुद्रण अधिकृत, मर्मत तथा सम्भार शाखा

२.

राजपत्र प्रकाशन

आवश्यक कागजात राखी मन्त्रालय/ निकायको अनुरोध पत्र।

  • राजपत्रमा सूचना प्रकाशन गर्ने नेपाल सरकारको निर्णय प्रति
  • प्रकाशन गरिने सामग्रीको सचिवस्तरको प्रमाणित प्रति
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सम्पादन भएको पत्रसहितको अनुरोध पत्र

नि:शुल्क

  • सामान्यत: हरेक सोमबार र बिहीबार राजपत्रको नियमित संख्या प्रकाशन हुने साथै आवश्यकता अनुसार अतिरिक्ताङ्क प्रकाशन हुने।

मुद्रण अधिकृत
राजपत्र सम्पादन एकाइ

कार्यालय समय र अत्यावश्यक सूचनाको लागि अतिरिक्त समयमा समेत।

वरिष्ठ मुद्रण अधिकृत, मर्मत तथा सम्भार शाखा

३.

राजपत्र वितरण तथा फुटकर बिक्री

नियमित रुपमा राजपत्र प्राप्त गर्नको लागि यस विभागबाट नेपाल राजपत्रको ग्राहक बन्नुपर्ने।

राजपत्र वितरण एकाइबाट माग भए बमोजिमको कागजपत्रहरू।

क) वार्षिक सदस्यताका लागि

  • हुलाकबाट रजिष्ट्री गरी पठाउँदा र मुद्रण विभाग मार्फत सदस्यलाई वुझाउँदा लिइने वार्षिक शुल्क रु. ३०००/-
  • मुद्रण विभागमा स्वयं आफै आई वुझिलिदाँ लाग्ने वार्षिक शुल्क रु. १८००/-

ख) फुटकर विक्रीको लागि

  • १ देखि ८ पेज सम्म एक प्रतिको रु. ५/-
  • ९ देखि २४ पेज सम्म एक प्रतिको रु. १५/-
  • २५ देखि ४० पेज सम्म एक प्रतिको रु. २५/-
  • ४१ देखि ५६ पेज सम्म एक प्रतिको रु. ३५/-
  • ५७ देखि ७२ पेज सम्म एक प्रतिको रु. ४५/-
  • ७३ देखि ९६ पेज सम्म एक प्रतिको रु. ६०/-
  • ९७ देखि बढी जति पेज हुन्छ, त्यसमा थप प्रति पेज ४२ पैसाका दरले शुल्क लाग्नेछ।

पुनश्च :- माथि उल्लेखित अनुसारको मूल्य कायम गरी वार्षिक सदस्यता नविकरण बैशाख महिनामा गर्ने तथा त्यसभन्दा पछि भए कम्तिमा तीन महिना नघट्ने गरि वार्षिक सदस्यता शुल्कको औसत रकम लिइ बाँकि अवधिको लागि मात्र सदस्य बनाउने निणर्य भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ।

  • प्रकाशन भएको हप्ता दिन भित्र वितरण हुने
  • एक हप्ता भित्र हुलाकमा पठाइने

मुद्रण अधिकृत
राजपत्र वितरण एकाइ

कार्यालय समय भित्र

वरिष्ठ मुद्रण अधिकृत, मर्मत तथा सम्भार शाखा

४.

पुराना राजपत्रको प्रमाणित प्रतिलिपि

स्पष्ट प्रयोजन खुलाइएको निवेदन।

स्पष्ट प्रयोजन खुलेको निवेदन र परिचय खुल्ने कागजात।

नियमानुसार तोकिएको प्रतिलिपि दस्तुर।

  • अभिलेख फेला परेमा तत्कालै र अभिलेख खोज्नु परेमा फेला परेपछि

मुद्रण अधिकृत विद्युतीय अभिलेख एकाइ

कार्यालय समय भित्र

वरिष्ठ मुद्रण अधिकृत, मर्मत तथा सम्भार शाखा