NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

मुद्रण विभागको स्तरोन्नती विषयक एक दिने अन्तर्क्रिया कार्यक्रम २०७४ (धुलिखेल)

मुद्रण विभागले विभागको आ.व. २०७३।७४ को वार्षिक कार्यक्रम अनुसार विभागको कार्यस्तरोन्नती कसरी गर्न सकिन्छ भन्ने विषयक एक दिने अन्र्तक्रिया कार्यक्रम विभागका महानिर्देशक श्री बलभद्र गिरीज्यूको सभापतित्व र सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्री महेन्द्रमान गुरुड.ज्यूको प्रमुख आतिथ्यमा मिति २०७४।३।२४ गते धुलिखेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सञ्चार मन्त्रालयका सह सचिव श्री प्रेम कृष्ण श्रेष्ठज्यूको साथै विभागका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अव मुद्रण विभागको स्वरुपलाई कस्तो अवस्थामा लैजाने भन्ने विषयमा गहन छलफल भएको थियो । विभागको पून संरचना गर्ने सिलसिलामा यस्तो अन्तरक्रिया कार्यक्रमको प्रभावकारी भूमिका रहने र सुरक्षण मुद्रण कार्यमा सरकारले अगाडी सार्ने भावी नीति तथा योजनाको लागि समेत यस्ता अन्तरक्रिया कार्यक्रम ज्यादै महत्वपूर्ण हुने विभागको ठहर रह्यो ।