NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

सरकारी तथा निजी छापाखाना विचको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सरकारी तथा निजी छापाखाना विचको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
मुद्रण विभाग
सिंहदरवार, काठमाण्डौ

 

झूरा कागज लिलाम सम्बन्धि सूचना

प्रकाशित मिति २०७३/०४/३१

यस विभागमा छपाई कार्य गर्दा निस्कने काम नलाग्ने झूरा कागज जे जस्तो अवस्थामा छ सोही अवस्थामा न्यूनतम प्रति के.जी.दर रु.१६/१० मा आ.ब. ०७३/०७४ भरी लिलाम बिक्री गर्न पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक नेपाली नागरिक वा फर्महरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सो दिन सार्वजनिक बिदा पर्न गएमा सो को भोलिपल्ट रु.१०/- को टिकट टासी उक्त झूरा कागज प्रति कि.ग्रा. के कती दरमा बर्ष भरी उठाउने हो दर उल्लेख गरी शिलबन्दी निबेदन यस विभागमा पेश गर्नु हुन यो सूचना प्रकाशित गरीएको छ ।

१.

लिलाम बिक्रि हुने झूरा कागजको लागि म्याद भित्र पेश भएका निबेदनहरु खोल्ने स्थान, समय र मितिः

क. स्थानः मुद्रण विभाग

ख. मिति र समयः १६ औ दिन दिनको ११.०० बजे ।

२.

शिलबन्दी निबेदन साथ रु. २०,०००/- नगद वा बैङ्क भौचर धरौटी बापत पेश गर्नु पर्ने छ ।

३.

लिलाम हुने प्रति कि.ग्रा. झूरा कागजको दर सम्झौता गरेको मिति देखि २०७४ आषाढ मसान्त सम्म पटक पटक गरी कार्यालय समयमा आई सम्बन्धित समितिका पदाधिकारीहरुको रोहवरमा तौल गराई स्वीकृत दर अनुसारको रकम आर्थिक प्रशासन शाखामा बुझाई लैजानु पर्ने छ ।

४.

झूरा कागज जे जस्तो अबस्थामा छ सोही अबस्थामा कार्यालय समय भित्र उठाई लैजानु पर्ने छ ।

५.

अन्य कूराहरु प्रचलित कानून बमोजिम हुनेछ ।