NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना

लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना
गोरखापत्रमा प्रकाशित मितिः२०७६/३/२७

यस विभागमा रहेका पुराना काठ तथा स्टीलका फर्निचर, फलाम तथा प्लास्टीकजन्‍य कम्प्यूटर, प्रिन्टर लगायत अन्‍य  कार्यालय  सामानहरु जे जस्तो अवस्थामा रहेका छन् सोही अवस्थामा बोलपत्रको माध्यमबाट लिलाम गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, कम्पनी तथा फर्महरुबाट निम्न शर्तहरु सहित सिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

१. बोलपत्र फाराम खरिद गर्नको लागि मिति २०७६।४।१० दिनको ३.०० बजेभित्र  इच्छुक व्यक्ति, कम्पनी तथा फर्मले निवेदनसाथ व्यक्तिको हकमा नेपाली नागरिकताको प्रतिलिपी र फर्म वा कम्पनीको हकमा फर्म वा कम्पनी दर्ता र मूल्य अभिबृद्धि करमा समेत दर्ता भएको र आ.ब. २०७४/०७५ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र नगद रू. ३००।– (फिर्ता नहुने गरी) तिरी विभागको कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।

२. सिलबन्दी बोलपत्र पेश गर्दा आफूले कबोल गरेको अंकको १० प्रतिशतले हुने रकम वरावरको कम्तीमा ९० दिन म्याद भएको बैंक जमानत वा कोष तथा लेखा नियन्त्रक कार्यालयका नाममा एभरेष्ट बैकमा रहेको धरौटी खाता नं.१३५००१, कार्यालय कोड नं. २७-२५८-०५ मा रकम जम्मा गरेको सक्कल बैक भौचर पेश गर्नु पर्नेछ।

३. बोलपत्रको खाममा यस विभागलाई सम्वोधन गरी कामको विवरण र वोलपत्रदाताको विवरण प्रष्टसँग लेखि सिलवन्दी गरिएको हुनुपर्नेछ।

४. सिलवन्दी बोलपत्र मिति २०७६।४।१२ दिनको १२.०० बजेभित्र यस विभागको प्रशासन शाखामा दर्ता गराइसक्नु पर्नेछ। दर्ता हुन आएको सिलबन्दी बोलपत्र फारामहरू सोही दिन दिनको २.०० बजे सिलवन्दी बोलपत्रदाता स्वयं वा निजको प्रतिनिधि वा बोलपत्र पेश गर्नेहरु  कोही वा सबै अनुपस्थिति रहेतापनि यस विभागका प्रतिनिधिहरू मात्रको रोहवरमा यस विभागमा खोलिनेछ ।

५. सिलवन्दी बोलपत्र दर्ता गर्ने अन्तिम दिन वा खोल्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरू विदापछि कार्यालय खुलेको दिन सोही समयमा गरिनेछ।

६. रित नपुगेको, म्याद नाघी वा शर्त राखी पेश भएको वोलपत्रउपर कुनै कारवाही हुने छैन। लिलाम विक्री हुने सवै जिन्सी सामाग्री एउटै  व्यक्ति, कम्पनी वा फर्मले सकार गरी उठाउनु पर्नेछ।

७. लिलाम हुने पुराना सामानहरू हेर्न कार्यालय खुलेको दिनको १२.०० बजेदेखि ३.०० बजेसम्म स्टोर फाँटमा सम्पर्क गरी हेर्न सकिनेछ। सामान हेर्न आउदा फोन नं. ४२११७६४ वा मोवाइल नं. ९८४१२३०११७ मा सम्पर्क गरी सिंहदरवार गेट पासको व्यवस्था र लिलाम गर्ने सामान हेर्ने समय समेत मिलाएर आउन सकिनेछ।

८. लिलाम सकार गर्ने व्यक्ति, फर्म वा कम्पनीले लिलाम सकार गरेको मितिले १५ (पन्ध्र) दिनभित्र बाँकी रकम बुझाई सामान जुनस्थानमा छ सोही स्थानबाट उठाइ लगिसक्नु पर्नेछ। उक्त अवधीभित्र मालसामान उठाई नलगेमा धरौटी जफत गरी नियमानुसार अन्य व्यक्ति, फर्म वा कम्पनीको कवुल अंक स्वीकृत गर्न सकिनेछ ।

९. यस सूचनामा उल्लेख नभएका कुराहरू आर्थिक कार्यविधि ऐन, २०५५ तथा आर्थिक कार्यविधि नियमावली, २०६४ र अन्य प्रचलित कानून बमोजिम हुनेछ।

१०. लिलाम गर्नुपर्ने सामानको न्यूनतम मूल्यांकन मूल्य अभिबृद्धि कर समेत रु. ५७,१८७।०४ (अक्षरेपी सन्ताउन्‍न हजार एकसय सतासी रुपैयाँ चार पैसा मात्र) कायम गरिएको छ। कबोल अंक उल्लेख गर्दा मूल्य अभिबृद्धि कर समावेश गरे वा नगरेको स्पष्ट रुपमा खुलाउनुपर्नेछ।

११. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस विभागमा निहित रहनेछ ।

१२. यस सम्बन्धी अन्य कुनै जानकारी चाहिएमा कार्यालय समयभित्र यस विभागमा सम्पर्क राख्‍न सकिनेछ।